इरानमा ६ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु, ४ सय बढी घाइते

Share :

एजेन्सी । इरानमा शनिबार राति ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी ४ सय बढी मानिसहरू घाइते भएका हुन् । इरानको खोय शहर केन्द्रविन्दु भएर गएको भूकम्पले अधिकांश घरहरु भत्केका छन् । रातको समयमा भूकम्प आउँदा निद्रामा रहेका सर्वसाधरण घरबाट निक्सेका थिए।

भूकम्पको धक्का छिमेकी मुलुकहरुमा समेत परेको थियो । भूकम्पका कारण घर भत्केकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भूकम्पका कारण भत्केका घरहरूको भग्नावशेषमा कोही च्यापिएको हुन सक्ने आशंकामा उद्धारकार्य जारी रहेको छ ।


घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय