सनलाईट म्युजिक स्कुलद्वारा “धनमान बुद्धमाया प्रतिभा पुरस्कार” स्थापना

Share :

विर्तामोड । झापाको विर्तामोडमा रहेको सनलाईट म्युजिक स्कुलले “धनमान बुद्धमाया प्रतिभा पुरस्कार” स्थापना गरेको छ । म्युजिक स्कुलमा आयोजित एक कार्यक्रमकाबिच शनिबार ५ लाख नगद रुपैयाँको अक्षयकोषको घोषणा गर्दै “धनमान बुद्धमाया प्रतिभा पुरस्कार” स्थापना गरिएको हो ।

म्युजिक स्कुलका संस्थापक तथा बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जन तामाङले आफ्ना बुबा धनमान तामाङ र आमा बुद्धमाया तामाङको स्मृतीमा “धनमान बुद्धमाया प्रतिभा पुरस्कार” स्थापना गर्नुभएको हो ।

अक्षयकोषबाट प्राप्त हुने रकमले प्रत्येक बर्ष २ जना उत्कृष्ट संगीतकर्मीलाई पुरस्कृत गरिने बताइएको छ । पुरस्कार राशि भने हाल तय गरिएको छैन् । त्यस्तै २ जना प्रशिक्षार्थीलाई निशुल्क संगीत सिकाउने व्यवस्था गरिने स्कुलका प्रशिक्षक तथा संचालक योञ्जनले जानकारी दिनुभयो ।


वि.स. २०५२ सालमा स्थापना भएको सनलाईट म्युजिक स्कुल पुर्वकै अग्रणी तथा चर्चित संगीत बिद्यालयहरु मध्येमा पर्दछ । म्युजिक स्कुलमा अहिले करिब ९० जना बिद्यार्थीले संगित सिकिरहेको म्युजिक एरेन्जर हेमा भण्डारी योञ्जनले जानकारी दिनुभयो ।

बिर्तामोड ५ संगीत मार्गमा संचालनमा रहेको स्कुलले आफ्नै स्टुडियो समेत संचालन गरिरहेको छ । स्कुलबाट हालसम्म ५ हजार भन्दाबढीले संगीत शिक्षा लिएका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएका गायक तथा संगीतकार ताराप्रकाश लिम्बू, तारा लक्सम, पुष्पन प्रधान, बादल लिम्बू, भोइस अफ नेपालकी फाइनलिस्ट सबिना योङ्हाङलगायतका अन्य धेरै संगितकर्मीहरुले सनलाईट म्युजिक स्कुलबाट संगीत शिक्षा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
3
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय