लायन्स क्लब अफ बिर्तामोड सिटिद्वारा बिद्यार्थीहरुलाई स्विटर र शैक्षिक सामाग्री बितरण

Share :

मेचीनगर । लायन्स क्लब अफ बिर्तामोड सिटिले बिध्यार्थीहरुलाई न्यानो कपडा स्विटर र शैक्षिक सामाग्री (कपि) बितरण गरेको छ । सरस्वती पुजाको अवसर पारेर क्लबले अमर प्रा.वि. मेचीनगर १२ मा आज बिहिबार एक कार्यक्रमकाबिच उक्त सामाग्री बितरण गरेको हो ।

क्लबका प्रेसिडेन्ट मनोज बानियाँको अध्यक्षता तथा प्रदेश सांसद सविना बजगाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५५ जना विपन्न बिद्यार्थीहरुलाई उक्त सामाग्री प्रदान गरिएको थियो । बिद्यालयका प्रधानाध्यापक चोपेन्द्र चौहानले संचालन गर्नुभएको कार्यक्रमको औचित्य मनोज बानियाँले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि बजगाईले शुभकामना व्यक्त गर्नुभएको थियो ।


 

कार्यक्रममा क्लबका एरिया चिफ सत्यनारायण शर्मा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार प्रसाईं, क्लबका प्रथम उपाध्यक्ष दुर्गा प्रसाद थपलिया, दोस्रो उपाध्यक्ष उपेन्द्र बानियाँ, तेस्रो उपाध्यक्ष राजकुमार गुप्ता लगायत अन्य लिडरहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय