युथ अफ खुदुनाबारी र अर्जुनधारा जेसीजद्वारा व्हील चियर, शैक्षिक सामाग्री तथा खाद्यान्य बितरण

Share :

अर्जुनधारा । सरस्वती पुजाको अवसर पारेर अर्जुनधारा नगरपालिकास्थित अपांग बाल शिक्षा सरोकार केन्द्रलाई व्हील चियर, शैक्षिक सामाग्री तथा खाद्यान्य बितरण गरिएको छ । अर्जुनधारा जेसीज र युथ अफ खुदुनाबारीको संयुक्त आयोजनामा बिहिबार केन्द्रमा आयोजित एक कार्यक्रमकाबिच अपांग बालबालिकालागि १ थान व्हील चियर, शैक्षिक सामाग्री (कपि, डटपेन) खेलकुदका सामाग्री (फुटबल, व्याडमिन्टन) र दाल, चामल, तेल लगायतका खाद्यान्यका बिभिन्न साम्रागी बितरण गरिएको युथ अफ खुदुनाबारीका अध्यक्ष तथा अर्जुनधारा जेसीजका उपाध्यक्ष मनोज सिटौलाले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायीत्व अन्तर्गत अर्जुनधारा ६ मा रहेको अपांग बाल शिक्षा सरोकार केन्द्रलाई जेसीज र युथ अफ खुदुनाबारीको सहकार्यमा सामाग्री हस्तनान्तरण गरेको उहाँले बताउनुभयो । सामाग्री खरिदकालागि सिडिसिए नेपाल, करुण फाउन्डेशन र नाङ्लो रेस्टुरेन्ट खुदुनाबारीको आर्थिक सहयोग रहेको उहाँले जानकारी दिनुभयो । सिटौलाको संयोजनमा आयोजना तथा संचालन भएको कार्यक्रममा अर्जुनधारा जेसीजका बर्ष सन् २०२३ का अध्यक्ष प्रेम खड्गाको अध्यक्षता रहेको थियो । अर्जुनधारा जेसीजका संस्थापक अध्यक्ष इन्दिवरसिंह खड्गाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराई र ६ नम्बर वडाका वडाअध्यक्ष हरिशचन्द्र बास्तोलाको बिशेष आतिथ्यता रहेको थियो ।


कार्यक्रममा केन्द्रका संचालक कृष्ण दुलालले दाताहरुको सहयोगबाट संचालन भइरहेको केन्द्रलाई स्थानीय सरकार तथा सरोकारवालाहरुले सहयोग गरे थप व्यवस्थीत बनाउन सकिने बताउनुभयो । केन्द्रको आफ्नै जग्गा समेत नभएकाले व्यवस्थापनमा असहज भइरहेको उहाँले गुनासो गर्नुभयो । दुलालले केन्द्रलाई थप सहयोगकालागि पहल गरिदिन आग्रह समेत गर्नुभयो । दुलालका अनुसार केन्द्रमा १० जना अपांग भएका बालबालिका रहदै आएका छन् । केन्द्रका संचालक दुलाल आफुपनि अपांग हुनुहुन्छ ।

कार्यक्रममा अर्जुनधारा ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराईले केन्द्रको व्यवस्थापनमा स्थानीय सरकारसमक्ष आफुले अग्रणी भुमिका खेल्ने बताउनुभयो । उहाँले जेसीज र युथ अफ खुदुनाबारीले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । ६ नम्बर वडाका वडाअध्यक्ष हरिशचन्द्र बास्तोलाले बिभिन्न संघसंस्था र युवाहरुले गर्नुपर्ने सामाजिक कार्यको दायरालाई अझै फराकिलो पारेर लैजान सुझाव दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि खड्गाले असाहय तथा बालबालिकाकालागि जेसीज र युथ आफ खुदुनाबारीले गरेका कार्य सराहानिय भएको बताउनुभयो । उहाँले खेर जाने खाद्यान्यको बचत र कम प्रयोग गर्न सके गरिब तथा असाहायहरुले भोग्नु परेको खाद्यान्य अभावको समस्यामा कमि हुने धारणा राख्नुभयो ।

कार्यक्रममा युथ अफ खुदुनाबारीका उपाध्यक्ष मदन गिरी, सचिव आनन्ददेव कट्टेल, कोषाध्यक्ष सबिन्द्र राई, सदस्य प्रदिप राई, संस्थापक लल्लाहाकार दिपक दुलाल, पूर्वजनप्रतिनिधी होल दुलाल लगायतको आतिथ्यता रहेको थियो । यस्तै अर्जुनधारा जेसीज बर्ष सन २०२३ का प्रकरण निर्देशक गजेन्द्र खनाल, जनसम्पर्क अधिकारी सोना गेलाल, तालिम संयोजक विमला भट्टराईसहित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । अर्जुनधारा जेसीजका महासचिव वेद थापाले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष बसन्त बुढाथोकीले जेसीजको आस्था वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
1
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय