झापाको कचनकवलमा प्रेमी प्रेमिकाले झुन्डिएर गरे आत्महत्या

Share :

कचनकवल । झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई एक प्रेम जोडीले झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशीले आत्महत्या गरेका हुन् ।

 युवतीलाई सिदुरपोते लगाइदिएर उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् । गत वर्ष उनीहरुले भागी विवाह गरेका थिए । तर  युवतीका अभिभावकले छोरी नाबालिका भएको भन्दै आफ्नो घर फर्काएको बताइएको छ। दुवैजनाले झुन्डिएर आत्महत्या गरेपछि केटा र केटी पक्षबीच विवाद चलेको बताइएको छ ।

यसअघि गत साउनमा कचनकवलमा नै तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय