तेस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसिप चैत्रमा हुने

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा तेस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसिप २०७९ हुने भएको छ । ग्यालेक्सी फिटनेस बिर्तामोडको आयोजनामा बडिबिल्डिङ च्याम्पियनसिप हुने भएको हो । आयोजकले आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपका बारेमा जानकारी गराएको हो । च्याम्पियनसिप आगामी चैत्र २४ र २५ गते हुने ग्यालेक्सी फिटनेसका अध्यक्ष दिप साउदेन लिम्बुले जानकारी दिनुभयो ।

च्यामिपयनसिपमा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समुहमा प्रतिस्पर्धा हुनेछ । तौल समुहमा पहिलो हुने खेलाडी ओभरअल प्रतिस्पर्धाकालागि छनोट हुनेछन् । च्यामिपयनसिपमा प्रदेश १ का विभिन्न जिल्लाका करिब १ सय ५० जना बडिबिल्डिङका खेलाडीले सहभागिता जनाउने ग्यालेक्सी फिटनेसका सचिव केशव श्रेष्ठले जानकारी दिनुभयो ।

च्याम्पियनसिपको ओभरअल तर्फका विजेताले नगद २ लाखसहित ट्रफी र मेडल पुरस्कार पाउने छन् । च्याम्पियनसिपको उपविजेताले नगद १ लाख २५ प्राप्त गर्ने छन् । तेस्रो हुनेले नगद ७५ हजार, चौंथो हुनेले ५० हजार र पाँचौ हुनेले नगद ३० हजार पुरस्कार पाउने छन् । त्यस्तै तौल समुह अन्र्तगत दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । बेस्ट पोजरले नगद १० हजार पुरस्कार पाउने बताइएको छ । सबै बिधाका विजेता उपविजेताले ट्रफी, मेडलसाथै विभिन्न गिफ्ट हेम्पर पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ ।


पत्रकार सम्मेलनमा सुनचाँदी व्यवसायी संघ पाँचथरका अध्यक्ष राजेन्द्र कर्माले ओभरअल तर्फका विजेताले पाउने नगद २ लाख प्रदान गर्ने घोषण गर्नुभएको थियो । दुई दिनसम्म संचालन हुने च्यामिपयनसिप सम्पन्न गर्न कुल १५ लाख खर्च हुने आयोजक समितिका कोषध्यक्ष चन्द्र राना मगर (लाफा)ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय