बिर्तामोडमा भव्य रुपमा मनाइयो सोनाम ल्होछार (फोटो फिचर)

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा सोनाम ल्होछार पर्व धुमधामसाथ मनाइएको छ । मञ्जुश्री संवत अनुसार २८५९ औं सोनाम लहोछार पर्वको अवसरमा बिर्तामोडको नमोः बौद्ध गुम्बामा आयोजित भव्य कार्यक्रमकासाथ सोनाम ल्होछार पर्व मनाइएको हो । सोनाम लहोछारको अवसरमा शुभकामना आदन प्रदानसहित खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

२८५९औं सोनाम लहोछार पर्व मुल समारोह समितिका अध्यक्ष गोविन्द गोङबाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख अतिथ्यता रहेको थियो । अध्यक्ष गोङबाले कार्यक्रमको औचित्यसंगै ल्होछार पर्वको बारेमा प्रष्ट पार्नुभएको थियो । प्रमुख अतिथि सांसद कार्कीले ल्होछार पर्व नेपालीहरुको सदभावको पर्व भएको भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा बिशेष अतिथि प्रदेशसभा सदस्य कमला थापा मगरले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । ल्होछार पर्व समारोहमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, ३ नम्बर वडाका वडाअध्यक्ष मदन बुढाथोकी, ४ नम्बर वडाका वडाअध्यक्ष राहुल शर्मा, ५ नम्बर वडाका वडाअध्यक्ष रोहित प्रसाईलगायत अन्य विभिन्न व्यक्तीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा मुल आयोजक समारोह समिति सदस्य फुलमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

खुल्ला नृत्य प्रतियोगितामा प्रथम हुने कलाकार साईना तामाङ, दोस्रो हुने कलाकार पुजा तामाङको टिम र तेस्रो हुने कलाकार श्रीया पौडेललाई नगद तथा ट्रफिसहित पुरस्कृत गरिएको मुल समारोह समिति सांस्कृतिक विभाग प्रमुख तथा नेपाल तामाङ महिला घेदुङ विर्तामोड नगर अध्यक्ष हेमकला भण्डारी योञ्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई नगद २ हजार प्रदान गरिएको थियो ।

तामाङ समुदायको नयाँ वर्षको सुरुवातको दिनको रुपमा मनाईने पर्व लहोछारमा झाँकी प्रर्दशन गर्ने कलाकारहरु सामन तामाङ र सरला तमाङलाई पनि ट्रफिसहित पुरस्कृत गरिएको भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
5
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय