अर्जुनधारामा यु–१८ वडास्तरीय फुटबल हुने

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा वडास्तरीय १८ वर्षभन्दा कम उमेर समुहकोे (यु–१८) फुटबल प्रतियोगिता हुने भएको छ । शनिश्चरे फुटबल क्लबको आयोजना तथा ७ र ८ नम्बर वडा कार्यालयको संयोजनमा प्रतियोगिता हुने भएको हो । आयोजक शनिश्चरे एफसीले आज शनिश्चरे स्थीत क्लबको कार्यालयमा पत्रकार सम्मेलन गर्दै माघ २० गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा मुल आयोजक समितिका अध्यक्ष सुरेन राईले प्रत्येक वडाबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनुभयो । अर्जुनधारा नगरपालिकामा ११ वटा वडा छन् । लागुऔषध दुव्र्यसनमा लाग्नबाट बचाउन पनि प्रतियोगिताले मद्दत पुराउने अध्यक्ष राईको भनाइ थियो । कार्यक्रममा बोल्दै झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले प्रतियोगितामा फुटबल संघको तर्फबाट प्राविधिक सहयोग हुने बताउनुभयो ।

अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द खतिवडाले प्रतियोगिता सम्पन्न गर्नका लागि जनप्रतिनिधि सहकार्य गर्न तयार रहेको बताउँदै सकेसम्म सहयोग पुग्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय फुटबल खेलाडी विशाल राईले १८ वर्षमुनिका खेलाडीको प्रतियोगिता आयोजना हुनुले खेलाडी उत्पादनलाई सहयोग पुग्ने बताउनुभयो । राईले प्रत्येक स्थानीय सरकारले खेलाडी उत्पादन र प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो ।


पत्रकार सम्मेलनमा झापा जिल्ला खेलकुद विकास समितिका सदस्य सुरेन्द्र गिरी र क्लबका सल्लाहकार टेकराज तिलिङले प्रतियोगिता सम्पन्न गर्नका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । अर्जुनधारा खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख ९० हजार खर्च लाग्ने अुनमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय