शनिश्चरे एफसीले जित्यो सृजना सा.व.गोल्डकपको उपाधी

Share :

रोङ । इलामको रोङमा सम्पन्न भएको सृजना सामुदायीक वन गोल्डकप दोस्रो संस्करणको उपाधी शनिश्चरे फुटबल क्लबले जितेको छ । गोल्डकपको आज शनिबार सम्पन्न फाइनल खेलमा आयोजक सृजना फुटबल क्लबलाई ३­-० गोल अन्तरले पराजित गर्दै शनिश्चरेले उपाधी कब्जा गरेको हो ।

शनिश्चरेलाई जित दिलाउन निमा तामाङले ह्याट्रीक गरे । उनले खेलमा पहिलो हाफको चौथो मिनेटमा पहिलो गोल गरेका थिए । निमाले टिमकालागि दोस्रो गोल पाहिलो हाफको २७ औं मिनेटमा गरेका थिए । उनले दोस्रो हाफमा टिमका लागि थप एक गोल गरेका थिए । शनिश्चरे एफसीका निमा फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।


आयोजक सृजना एफसीका खेलाडीले भने शनिश्चरेको पोष्टमा गोल गर्न सकेनन् । होम ग्राउडमा भएको प्रतिस्पर्धामा सृजना ३­-० गोल अन्तरले पराजित बन्यो ।

रोङ २ बदमटार स्थीत शशी माध्यमिक बिद्यालयको खेल मैदानमा सम्पन्न भएको गोल्डकपलाई सृजना सामुदायीक वन उपभोक्ता समुह रोङ २ ले आयोजना गरेको हो ।

विजेता शनिश्चरे एफसी

गोल्डकपको विजेता शनिश्चरेले नगद ५० हजार, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता बनेको सृजना एफसीले नगद ३० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । रोङ गाउँपालिका २ नम्बर वडाका अध्यक्ष चन्द्रशेखर घिमिरे, खेल संचालन समिति संयोजक अम्बर राई, सृजना सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष खुम्बा तामाङ, उपाध्यक्ष भद्र कुमार श्रेष्ठ लगायतले गोल्डकपको पुरस्कार बितरण गर्नुभएको थियो ।

उपविजेता सृजना एफसी

गोल्डकपमा अन्य बिभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो । गोल्डकप समापन कार्यक्रममा खेल क्षेत्रमा योग्दान पुर्याएका विभिन्न खेलाडी तथा पूर्व खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

फाइनल खेलको अनलाइन न्युज पोर्टल खबरखेतीडटकमको आधिकारीक फेसबुक पेजले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय