सृजना सा.व.गोल्डकपको फाइनल खेल आज, आयोजक र शनिश्चरे भिड्ने

Share :

रोङ । इलामको रोङमा जारी सृजना सामुदायीक वन गोल्डकप दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ । गोल्डकपको उपाधीकालागि आयोजक सृजना फुटबाल क्लब र शनिश्चरे फुटबल क्लबले प्रतिस्पर्धा गर्दै छ । दुवैटोली उपाधी जित्ने लक्ष्यकासाथ मैदान उत्रने तयारीमा छ ।

बिहिबार भएको पहिलो सेमिफाइनल खेल बराबर भएपछि टाइब्रेकरमा झापाको सयपत्री फुटबल क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै आयोजक सृजना एफसी प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनलमा शुक्रबार गोर्खाली युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै झापा अर्जुनधाराको शनिश्चरे फुटबल क्बल फाइनलमा प्रवेश गरेको हो ।

दुवै टोलिको प्रतिस्पर्धालाई झापा र इलामको प्रतिस्पर्धाको रुपमा हेरीएको छ । रोङ २ बदमटार स्थीत शशी माध्यमिक बिद्यालयको खेल मैदानमा भइरहेको गोल्डकको फाइनल खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले बताएको छ । गोल्डकपलाई सृजना सामुदायीक वन उपभोक्ता समुह रोङ २ ले आयोजना गरेको हो ।


गोल्डकपको विजेताले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छ । भने उपविजेताले नगद ३० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छ ।

फाइनल खेलको खबरखेतीडटकमको आधिकारीक फेसबुक पेजले प्रत्यक्ष प्रसारण गर्ने छ ।

लाईभ हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् :

https://www.facebook.com/khabarkhetipage

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय