सृजना सा.व. गोल्डकप : आयोजक फाइनलमा प्रवेश

Share :

रोङ । इलामको रोङमा जारी सृजना सामुदायीक वन गोल्डकपमा आयोजक टिम फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा झापाको सयपत्री फुटबल क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा आयोजक फाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको हो ।

निर्धारीत ७० मिनेटको समयमा दुवै टिमले एक–एक गोल स्कोर गरेपछि बराबर भएको खेल टाइब्रेकरमा धकेलीएको थियो । खेलको पहिलो हाफमा दुवै टिमले १-१ गोल गरेका थिए ।

खेलमा पहिलो गोल सयपत्रीले गरेको थियो । सयपत्रीका लागि खेलको पहिलो हाफको १६ औं मिनेटमा ओएसाङ माझीले गोल गरेका थिए । आयोजकका लागि भने पहिलो हाफको अन्तिम मिनेटमा मिलन राईले गोल गरेका थिए ।


पहिलो हाफमा एक-एक गोल गरेका दुवै टिमले दोस्रो हफमा भने कुनै पनि गोल गर्न सकेनन् । निर्धारित समयसम्म बाराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा आयोजकले ४ गोल गर्दा सयपत्रीले ३ गोल मात्रै गर्न सक्यो । सयपत्री पराजित हुँदै घर फर्किएको छ । आजको खेलमा उत्कृट खेल प्रर्दशन गर्ने आयोजक टिमका सुगम खजुम लिम्बुले ‘म्यान अफ दि म्याच’ पुरस्कार पाए ।

रोङ २ बदमटार स्थीत शशी माध्यमिक बिद्यालयको खेल मैदानमा संचालन भइरहेको गोल्डकमा झापा र इलामका बिभिन्न १६ वटा फुटबल क्लबको सहभागिता रहेको थियो । गोल्डकपलाई सृजना सामुदायीक वन उपभोक्ता समुह रोङ २ ले आयोजना गरेको हो ।

गोल्डकपको विजेताले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छ । भने उपविजेताले नगद ३० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छ ।

गोल्डकपको दोस्रो सेमिफाइनलमा शुक्रवार हात्तीकिल्ला फुटबल क्लब र शनिस्चरे फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
3
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय