अर्जुनधारा १० मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले लिए सेवा

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा १० नम्बर वडामा आयोजित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ६ सय भन्दा बढी नागरिकले सेवा लिएका छन् । नोवेल मेडिकल कलेज विराटनगरको प्राबिधिक सहयोगमा अर्जुनधारा नगरपालिकाको १० नम्बर वडा कार्यालयले आयोजना गरेको स्वास्थ्य शिविर मंगलबार र बुधबार संचालन भएको थियोे ।

बुधबार एक कार्यक्रमका बिच शिविर समापन गरिएको छ । समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गिता कुमारी राईको प्रमुख अतिथ्यता रहेको थियो । राईले छोटो समयमा भएको व्यवस्थापनमा गरिएको स्वास्थ्य शिविर प्रभावकारी रहेको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा अर्जुनधारा १० नम्बर वडा कार्यालयकका सचिव त्रिविक्रम पोख्रेलले २ दिनको अवधिमा ६ सय १५ जना नागरिकले सेवा लिएको जानकारी दिनुभयो । नोवेल मेडिकल कलेज विराटनगरका डा. कुमुद कुमार झाले शिविरमा सहभागिले विभिन्न विभागमा १४ सय ३६ पटक सेवा लिएको बताउनुभयो । उहाँका अनुसार भिडिओ एक्सरे सेवा २०६, मुटु परिक्षण १०३, रगत परिक्षण १९६, जनरल मेडिसिन २११, स्त्री रोग ७२, हाडजोर्नी १४३, बाल रोग ४७, नाक कान घाटी सम्बन्धि १०१, छाला रोग ८४ र आखाँ सम्बन्धि रोगका १८५ जनाले सेवा लिएका छन् ।


कालिस्थान स्थित शुभतारा अंग्रेजी बिद्यालयमा संचालन भएको शिविरमा ३६ जनाले विभिन्न प्रकारका शल्यक्रिया सुबिधा समेत लिएको डाक्टर झाले जानकारी दिनुभयो । शिविरमा डा. कुमुद कुमार झासहित १४ जना चिकित्सक, २ जना ल्याब टेक्निसियन र ४ जना स्टाफ नर्सले सेवा प्रदान गरेका थिए ।

स्वास्थ्य शिविरको समापनमा बोल्दै अर्जुनधारा १० नम्बर वडाका वडाअध्यक्ष भुपेन्द्र न्यौपानेले स्वास्थ्य र शिक्षा नै समृद्धीको जग भएको भन्दै आगामी दिनमा अझै प्रभावकारी ढंगबाट जनातामुखी काम गर्ने बताउनुभयो ।

समापन कार्यक्रममा प्रविधिक सहयोग गर्ने नोवेल मेडिकल कलेज विराटनगर र स्थान उपलब्धता तथा व्यवस्थापन गर्ने शुभतारा अंग्रेजी बिद्यालयलाई धन्यवाद स्वरुप प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय