अर्जुनधारा १० मा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । अर्जुनधारा नगरपालिकाको १० नम्बर वडा कार्यालयले आयोजना गरेको स्वास्थ्य शिविरको पहिलो दिन आज मंगलबार करिब ३ सय ५० जनाले सेवा लिएका छन् । कालिस्थान स्थित शुभतारा अंग्रेजी बिद्यालयमा संचालन भइरहेको शिविरमा नोवेल मेडिकल कलेज विराटनगरले प्राबिधिक सहयोग गरेको छ । मेडिकल कलेजका चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरिरहेका छन् ।

शिविरमा आखाँ रोग, जनरल मेडिसिन, स्त्री रोग, हाडर्जोनी, बालरोग, नाक कान घाटी रोग, छाला रोग, दन्त रोग सम्बन्धिका चिकित्सकहरुले सेवा दिएका छन् । डा. कुमुद कुमार झासहित १४ जना चिकित्सक, २ जना ल्याब टेक्निसियन र ४ जना स्टाफ नर्सले सेवा प्रदान गरिरहेका छन् । शिविरमा स्वास्थ्य परिक्षण, शल्यक्रिया तथा ल्याब परिक्षण सम्बन्धिका सबै सेवाहरु निःशुल्क रहेको डा. कुमुद कुमार झाले जानकारी दिनुभयो ।


माग ४ गते बुधबारसम्म संचालन हुने शिविरमा करिब साँढे पाँच सय नागरिकले स्वास्थ्य सेवा लिने अनुमान गरिएको अर्जुनधारा १० नम्बर वडा कार्यालयकका सचिव विक्रम पोख्रेलले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य परिक्षण गराउने सेवाग्राहीहरुलाई स्थानीय सरकारले निःशुल्क औषधी समेत बितरण गरिरहेको १० नम्बर वडाका वडाअध्यक्ष भुपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरको आज एक औपचारीक कार्यक्रमकाबिच अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उदघाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय