आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाउने, देशभर सार्वजनिक बिदा

Share :

काठमाडौं । कास्कीको पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त सोमबार राष्ट्रिय शोक घोषणा गरिएको छ। सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ। विमान दुर्घटनालगत्तै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

सरकारले शोक बिदा दिए पनि परीक्षाका पूर्वनिर्धारित कार्यक्रम नरोकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ।


काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र ४ चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीखोचमा हिजो दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय