दमकमा आगलागी, ५ वटा पसलमा क्षति

Share :

दमक । झापाको दमकमा विधुत सर्ट भइ आगलागी हुँदा ५ वटा पसल पूर्णरुपमा जलेर खरानी बनेका छन् । दमकको मुख्य बीच बजार वडा नं. ६ को नमूना मार्गको राजु श्रेष्ठको जुत्ता चप्पल पसलबाट विहान साढे ३ बजे तिर आगलागी भएको हो । ३ घण्टाको प्रयासमा ५ वटा दमकलको सहयोगमा प्रहरी, स्थानीय समेत जुटेर आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीमा परेर संगीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेका छन् । आगो नियन्त्रण गर्नेक्रममा अन्य केही पसल भत्काइएका छन् । आगलागी नियन्त्रणका लागि दमक, कमल, गाैरादह, उर्लाबारी, पथरी शनिश्चरे पालिकाबाट दमक आएका थिए ।

आगलागीमा परेर करोड भन्दा धेरैको क्षति भएको अनुमान गरिए पनि यकिन विवरण भने आँउन बाँकी रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय