अर्जुनधारामा सामुहिक रुपमा मनाइयो सोनाम ल्होछार पर्व (फोटो फिचर)

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा सोनाम ल्होछार २८५९ औं को अवसरमा ल्होछार धमाका कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ अर्जुनधारा नगर कार्यसमितिको आयोजनामा अर्जुनधारा वडा नम्बर ५ स्थीत शेरबुङ छोईयोलिङ गुम्बामा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिहं गोम्देन तामाङले गर्नुभएको थियो ।

तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउदै आएको सोनाम ल्होछारको अवसरमा शुभकामना आदन प्रदान गरिएको थियो । अर्जुनधारा नगरपालिका भरि छरिएररहेका तामाङहरुको साझा कार्यक्रमको रुपमा संचालन भएको कार्यक्रममा बिभिन्न क्षेत्रका तामाङ समुदायको उपस्थीति रहेको थियो ।


सो अवसरमा शेरबुङ छोईयोलिङ गुम्बाको स्तर उन्नतिकालागि आवश्यक पहल गरिदिन आयोजक समितिले जनप्रतिनिधि तथा सरोकारवालाहरुको ध्यानकर्षण गराएको थियो । बजेट अभावका कारण २ तल सम्म निर्माण भएको गुम्बामा गजुर निर्माण, रङ रोगन लगायतका कार्यहरु हुन सकेको छैन् ।

कार्यक्रममा उगर्नेन दोङ तामाङ, विशाल थिङ तामाङ र नाम्गेल तामाङ लगायतका राष्ट्रिय तथा अन्य विभिन्न स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुति दिनुभएको थियो ।

नेपाल तामाङ घेदुङ अर्जुनधाराका अध्यक्ष बिर्ख गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यलगायतका जनप्रतिनिधिहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो ।

अतिथिहरुले कार्यक्रममा बोल्दै नजिकिएको सोनाम ल्होछार २८५९ औं को अवसरमा शुभकामना प्रदान प्रदान गरेका थिए । नेपाली पात्रो अनुसार यो बर्ष सोनाम ल्होछार माघ ८ गते पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय