अर्जुनधारा जेसीजको पद हस्तान्तरण सम्पन्न (फोटो फिचर)

Share :

अर्जुनधारा । अर्जुनधारा जेसीज सन् २०२३ का नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुको पद हस्तान्तरण सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२३ का अध्यक्ष प्रेमकुमार खड्कालाई सन् २०२२ का अध्यक्ष राजु कुँवरलगायत पूर्वअध्यक्षहरुले जेसीज चेन पहिर्याउनुभएको थियो ।

यस्तै सन् २०२२ का अध्यक्ष कुँवरले २०२३ का अध्यक्ष खड्कालाई सपथ खुवाउनु भएको थियो । नवनिर्वाचित अध्यक्ष खड्काले आफ्ना पदाधिकारी, सदस्य तथा विभागीय प्रमुखलाई सपथ ग्रहण गराउनु भएको थियो । सन् २०२३ का लागि अध्यक्ष खड्कासहित अर्जुनधारा जेसीजको कार्यकारी उपाध्यक्षद्वयमा बरुण माझी र बालगोपाल गौतम, चार उपाध्यक्षमा सुमन ओली, मनोज सिटौला, फणिन्द्र डाँगी र गौरव भण्डारी रहनुभएको छ ।


यस्तै, महासचिवमा वेदनारायण गोदार थापा, सचिवमा सागर घिमिरे, सहसचिवमा भीम बराल, कानुनी सल्लाहकारमा प्रजित थापा, कोषाध्यक्षमा बसन्त बुढाथोकी, जनसम्पर्क अधिकारीमा सोना गेलाल, तालिम संयोजकमा विमला भट्टराई र प्रकरण निर्देशकमा गजेन्द्र खनाल रहनु भएको छ।

कार्यक्रममा भीमबाबु स्मृति पत्रकारिता पुरस्कारबाट तुलसीप्रसाद निरौलालाई पुरस्कृत गरिएको थियो । उक्त पुरस्कार अर्जुनधारा जेसीजका संस्थापक इन्दिवर खड्काले स्थापना गर्नुभएको हो । त्यस्तै शनिअर्जुन उद्योग वाणिज्य संघको विभिन्न पदमा निर्वाचित जेसीजका पूर्वअध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिहं गोम्देन तामाङको बिषेश आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय