अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा रमेश समदर्शी

Share :

अर्जुनधारा ।अर्जुनधारा प्रेस क्लबको आगामी तीन वर्षे कार्यकालको लागि अध्यक्षमा रमेश समदर्शी चयन हुनुभएको छ ।

क्लबको शनिबार सम्पन्न प्रथम साधारण सभाबाट यस अघि उपाध्यक्ष रहनुभएका समदर्शी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

त्यसैगरी क्लबको उपाध्यक्षमा प्रेमकुमार आचार्य, सचिवमा नरेश खाती, सहसचिवमा उद्धव पुरी र कोषाध्यक्षमा पुष्पा जवेगु लिम्बू चयन हुनुभएको छ । त्यस्तै क्लबको सदस्यहरुमा तिलक योञ्जन, दिपक ढुंगाना, पुरुषोत्तम पौडेल, मनिता योञ्जन, विष्णु श्रेष्ठ र सुजता ढुंगाना हुनुभएको छ ।


सोही सभाले राजन साम्पाङको संयोजकत्वमा अनिता विष्ट र गणेश थापा सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।

क्लबका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय