जागरण कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री अनुदान

Share :

बुद्धशान्ति । बुद्धशान्ति १ स्थित जागरणा कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । प्रदेश नं. १ कृषि मन्त्रालयबाट प्राप्त भएको अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान १ पांग्रे ठेला गरि १० लाख बराबरको कृषि सामग्री शुक्रबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको थियो ।

कृषि समूहका अध्यक्ष शिव बहादुर गिरीको अध्यक्षता, प्रदेश नं. १ का निवर्तमान कृषिमन्त्री झलक सिंह दर्लामीको प्रमुख आतिथ्यता त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, स्थानीय समाजसेवी खड्ग तिम्सिना, रोसन तिम्सिना, दधिराम रिमाल, सरोज घिमिरे लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव केशव पुरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय