प्रदेश १ का मुख्यमन्त्रीले पाए विश्वासको मत

Share :

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नु भएको छ ।

गत आइतबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले शुक्रबार प्रदेश सभाबाट विश्वासको मतका लागि प्रस्ताव राख्नु भएको थियो । ९३ सदस्यीय प्रदेशसभामा ५९ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा मत दिएका थिए ।

कार्की एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० जना प्रदेश सांसदको समर्थनमा आइतबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो भने सोमबार पद तथा गोपनीयताको शपथ लिनु भएको थियो ।


संविधान बमोजिम दुई वा दुर्इभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्य मन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ३२ जना प्रदेश सांसदहरूले भने कार्कीको विपक्षमा मत हालेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय