खुदुनाबारी अर्जुनधारा खानेपानीको १७ औं वार्षिक साधारणसभा सम्पन्न

Share :

अर्जुनधारा । खुदुनाबारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । झापाको अर्जुनधारा–१ सिस्ने स्थित समितिको कार्यलयको प्राङ्गणमा भएको वार्षिक साधारणसभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्नु भएको थियो । समितिका अध्यक्ष विष्णुप्रसाद प्रसाईंको अध्यक्षतामा आयोजित उक्त सभामा संस्थाका कोषाध्यक्ष ओमबहादुर ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष प्रसाईंले संस्थाको गत आर्थिक वर्ष ०७८/०७९को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा प्राप्त अनुदानबाट तटबन्धन, मुहान नर्माण, स्पर तटबन्ध निर्माण र पाइपलाइन विस्तार लगायतका काम गरिएको उल्लेख छ । त्यस्तै आन्तरिक आम्दानीबाट बिभिन्न इन्टेक निर्माण तथा पाइपलाइन विस्तार लगायतका योजना संचालन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा ८१ लाख तीन हजार दुई सय ५३ रुपैयाँ २९ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्ष ०७९/०८०को लागि अनुमानित एक करोड २१ लाख १७ हजार ६ सय २२ रुपैयाँ बराबरको बजेट नीति तथा कार्यक्रम सभामा पेश गरिएको थियो ।


त्यस्तै संस्थालाई चालु आर्थिक वर्षमा प्रदेश नं.१ सरकारबाट ३० लाख रुपैयाँ, संघीय सरकारको सशर्त अनुदान अन्र्तगत १२ लाख रुपैयाँ र अर्जुनधारा–१ नम्बर वडा कार्यालयबाट दुई लाख रुपैयाँ बजेट विनियोजन भएको संस्थाका कार्यालय सचिव तीवेन्द्र काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा पूर्व कार्यसमितिका १२ जना पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । पूर्वअध्यक्ष वीरबहादुर राई, उपाध्यक्ष मदनकुमार दनुवार, सचिव उपेन्द्र बस्नेत, सहसचिव चन्द्रकला वि.क., कोषाध्यक्ष रुद्रकुमार श्रेष्ठ र सदस्यहरुमा उषा कडरिया, केशरमणि निरौला, दुर्गा अधिकारी, राजकुमार तामाङ, ललितादेवी अधिकारी बराल, लक्ष्मी फूँयल र लीलामाया ठकुरी थापा सम्मानित हुनुभएको थियो ।

त्यस्तै साधारणसभामा नियमित महसुल बुझाउने पाँच जना उपभोक्ता पनि सम्मान गरिएको थियो । जयप्रसाद हुमागाईं, जितविर राई, दिलकुमार सुवेदी, सोमनाथ रिजाल र हरिप्रसाद सापकोटा सम्मानित हुनुभएको थियो ।

समितिकी उपाध्यक्ष पूजा तिम्सिना खड्काले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव मदनकुमार दनुवारले गर्नुभएको थियो । कार्यक्रममा अर्जुनधारा १ नम्बर वडाका अध्यक्ष उपेन्द्र बस्नेतको बिशेष आतिथ्यता रहेको थियो भने १ दर्जन भन्दाबढी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक व्यत्तित्वहरुको आथित्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय