प्रदेश नं १ को सभामुखमा बाबुराम गौतम निर्वाचित

Share :

विराटनगर । प्रदेश नं १ को सभामुखमा प्रदेशसभा सदस्य बाबुराम गौतम आज निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी गर्नुभयो ।

सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो भने उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी तथा समर्थकमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, गोपालबहादुर विश्वकर्मा र कमलप्रसाद जवेगु हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय