झापामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु

Share :

बिर्तामोड । झापा अर्जुनधारामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । घरधन्दा नगरेको र खाना नपकाएको निहुँमा अरुण गाउँपालिका १ भोजपुर घर भई हाल अर्जुनधारा ९ खरबानी चोक बस्ने विश्वराज घिसिङको लात्ती प्रहारबाट उनको श्रीमती ३६ बर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको हो ।

घर बनाउने मिस्त्रीको काम गर्ने विश्वराजले पुष २६ गते मंगलबार साँझ ६ बजे घर जाँदा विहानदेखिको भाँडा नमाझेको, बेलुकाको खानापनि नपकाएको र रक्सी खाएर मातेको भन्दै श्रीमतीलाई पेट र छातीमा लात्तीले हानेर कुटपिट गर्दा श्रीमतीको सोही स्थानमा नै मृत्यु भएको प्रहरीले  जनाएको छ ।

श्रीमतीको हत्या अभियोगमा प्रहरीले विश्वराजलाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी वसन्त पाठकले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
2
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय