प्रदेश १ को मुख्यमन्त्रीमा कार्की नियुक्त

Share :

विराटनगर । प्रदेश १ मा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले झापाबाट प्रदेशसभामा निर्वाचित कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।

नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।


कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तीका लागि समर्थन दिएका थिए ।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुईतिहाई सदस्य ६० जनाको समर्थनमा कार्कीको दावी पेश भएको थियो । सोही अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रदेशसभामा कुनैपनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आज ५ बजेसम्मको समय दिनुभएको थियो ।

मुख्यमन्त्री कार्कीको सपथ भने भोलि मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय