अमेरिकामा एक नेपालीको गोली हानी हत्या

Share :

काठमाडौं । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ।

तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गरिरहनुभएका भेषराजको बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा घटनास्थलमा नै मृत्यु भएको हो। उहाँ सन् २०१४ मा डिभी परेर अमेरिका जानुभएको थियो ।

५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही पर पक्राउ गरेको बताएको छ।सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ।


चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय सदस्य भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय