सृजना सामुदायीक वन गोलडकप : उदघाटन खेलमा आयोजक र महमाई भिड्ने

Share :

इलाम । सृजना सामुदायीक वन गोलडकप आजबाट सुरु हुँदै छ । आज हुने प्रतियोगिताको पहिलो तथा उद्घाटन खेलमा आयोजक र महमाई फुटबल क्लबले प्रतिस्पर्धा गर्ने छ ।

खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । रोङ २ बदमटार स्थीत शशी माध्यमिक बिद्यालयको खेल मैदानमा संचालन हुने गोल्डकमा झापा र इलामका बिभिन्न १६ वटा फुटबल क्लबले सहभागिता जनाउने छन् ।

यो बर्ष दोस्रो संस्करणको रुपमा संचालन भएको गोल्डकपलाई रोङ गाउँपालिका २ मा रहेको सृजना सामुदायीक वन उपभोक्ता समुहले आयोजना गरेको हो । यसअघि २०७८ मा ‘सृजना सामुदायीक वन गोलडकप पहिलो संस्करण’ सम्पन्न भएको थियो ।


गोल्डकपको विजेताले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छ । भने उपविजेताले नगद ३० हजार, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रत्येक दिन उत्कृट खेल प्रर्दशन गर्ने खेलाडीलाई ‘म्यान अफ दि म्याच’ पुरस्कार प्रदान गरिने बताईएको छ ।

प्रतियोगिताको फाइनल खेल आगामी माघ ७ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय