प्रधानमन्त्रीसंग अनेरास्ववियूद्वारा पुर्ण समानुपातिक निर्वाचनको माग

Share :

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष स्ववियु निर्वाचन पुर्ण समानुपातिक प्रणालीको माग गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले प्रधानमन्त्री संग भेट गर्दै प्रधानमन्त्री समक्ष उक्त माग गर्दै ज्ञापनपत्र पेस गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री दाहाल समक्ष स्ववियु निर्वाचन प्रणाली खर्चिलो भएकोले सबै विद्यार्थीको प्रतिनिधित्व गर्न नसक्ने तर्क राख्दै स्ववियु निर्वाचन पुर्ण समानुपातिक हुनुपर्ने माग राखेको हो । ज्ञापन पत्रमा भनिएको छ स्ववियु नहुदा विश्वबिधालयमा आवधिक निर्वाचन नहुदा प्रशासनको मनोमानी व्याप्त रहेको, विश्वबिधालयमा विसंगति, भ्रष्टाचार र अनियमितता बढेको, गुणस्तरीय पढाइ नभएको, शैक्षिक क्यालेन्डर, पाठ्यक्रम र परिक्षाप्रणाली अव्यवस्थित भएको जसक श्रमजीवी, मजदुर, किसानका छोराछोरी प्रत्यक्ष मारमा परेको बताईएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले समानुपातिक स्ववियु निर्वाचनको सन्दर्भमा सरोकारवाला निकायसंग छलफल गरी निर्वाचन प्रणाली कस्तो हुनुपर्ने धारणा बनाउने बताउनु भएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिनुभएको छ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय