पाँचथरको रानिटारमा भएको आगलागीमा २ जनाको मृत्यु

Share :

फिदिम । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ साविक रानिटार गाविस घुमाउनेटारका स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।

मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ बर्षकी बुहारी आशासिंह थेबे (गुरुङ)को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरी खतिवडाका अनुसार सो घरमा ७ जना सुतेका थिए । ७ मध्ये २ जनाको ज्यान गएको २ जना घाइते भएको र ३ जना भागेर बच्न सफल भएको खतिवडाले जानकारी दिए ।


आगलागीबाट घरमा पूर्ण रुपमा क्षति भएको छ । आगलागी राति साढे एक बजेबाट सुरु भएको थियो । स्थानीयसँगै प्रहरी चौकी तमाखेबाट खटेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

आगलागीबाट ५० लाख भन्दा धेरै आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय