वीरता लेडी जेसीजको १८ औं पदस्थापन सम्पन्न

Share :

विर्तामोड । वीरता लेडी जेसीजको १८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आज मंगलबार विर्तामोडमा एक समारोहकाबिच जेसीजको पदस्थापन कार्याक्रम सम्पन्न भएको हो । कार्यक्रममा बर्ष सन २०२३ का नव निवार्चित कार्यसमितिका पदाधीकारी तथा सदस्यहरुलाई पद हस्तनान्तरण तथा सफथ ग्रहण गराइएको थियो ।

कार्यक्रममा बर्ष सन २०२३ का नव निर्वार्चित अध्यक्ष संगिता गिरीलाई वर्ष सन २०२२ की अध्यक्ष संगिता चिमरीयाले सपथ ग्रहण गराउनु भएको थियो । सपथ ग्रहण पश्चात २०२२ की अध्यक्ष चिमरीयाले २०२३ की नव निर्वार्चित अध्यक्ष गिरीलाई वीरता लेडी जेसीजको चेन हस्तनान्तरण गर्नु भएको थियो ।


अध्यक्ष गिरीले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । वीरता लेडी जेसीजको १८ औं पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रममा विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कुमार सिंह सावाँ, राष्ट्रिय उपाध्यक्ष भिमबहादुर कुवर, राष्ट्रिय उपाध्यक्ष तथा निर्वाचन अधिकृत सोस्तीका आचार्य लगायतको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय