ब्राजिलका नयाँ राष्ट्रपति लुलाको शपथ

Share :

ब्राजिलको नयाँ राष्ट्रपतिमा लुला इनासियो लुला दा सिल्भाले शपथ लिनु भएको छ । उहाँ तेस्रोपटक देशको सर्वोच्च पदमा पुग्नु भएको हो ।

आइतबार कार्यभार सम्हालेका लुलाले जइर बोल्सोनारोको लोकतन्त्र बिरोधी कदमको निन्दा गर्नुभयो। उहाँले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको लोकतन्त्र विरोधी चुनौतीको आलोचना गर्दै दक्षिण पन्थी बोल्सोनारोलाई अभियोजन गर्न र भोकमरी, गरिबी र जातीयवादले ग्रसित ब्राजिललाई उद्धार गर्न एउटा कठोर परिवर्तनको कदम लिने बाचा गर्नुभएको छ ।

हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि गत शुक्रबार बोल्सोनारो देश छाडेर अमेरिका प्रस्थान गर्नुभएको छ। उहाँले चुनावी परिणाममालाई स्वीकार गर्नुभएको छैन् । यो चुनावी नतिजाको अस्वीकार्यताले हिंसात्मक आन्दोलनको बढेको छ।


लुलाको कार्यकालको पहिलो निर्णयमा गैरकानूनी वन विनास रोक्न सरकारी वातावरण निकाय इबामाको पुनर्स्थापना र आदिवासी जमिन क्षेत्रमा गैरकानूनी खानी उत्खनन् प्रोत्साहन गर्ने व्यवस्थाको खारेजी रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय