संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा

Share :

पोखरा । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।

संकटाको जितमा मेसुके, सुरज ज्यु ठकुरी र स्टेफन बिनोङले एक एक गोल गरे । आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे । संकटाले एक गोलको अग्रता उल्टाएर आर्मीलाई हराएको हो । खेलको १४ औं मिनेटमा नवयुगले पेनाल्टीमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

संकटाका निशान खड्काले आर्मीका दिनेश हेम्जनलाई फउल गर्दै लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । जसमा नवयुगले सहजै गोल गरे । तर, ३६ औं मिनेटमा मेसुकेले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७९ औं मिनेटमा सुरजले गोल गर्दै संकटाको अग्रता २-१ को बनाए ।


त्यसपछि खेलको इन्जुरी समयमा स्टेफनले गोल गर्दै संकटालाई ३-१ को जित दिलाए । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय