दमक नगरलाई मदन भण्डारी स्पोर्टस एकेडेको ९ बुद्धे ज्ञापनपत्र

Share :

दमक । खेल र खेलाडीको विकास सम्वन्धिका विभिन्न मागहरु सहितको ९ बुद्धे ज्ञापन पत्र दमक नगरपालिकाका नगर प्रमुख राम थापालाई मदन भण्डारी स्पोर्टस एकेडेमी दमकले आज बुझाएको छ । झापाको दमक स्थित दमक नगर पालिकाको नगर प्रमुखको कार्यकक्षमा पुगेर एकेडेमीका नगर कमिटी अध्यक्ष लोकेश न्यौपाने नेतृत्वको टोलीले नगर प्रमुख थापालाई ज्ञापन पत्र बुझाएको हो ।

एकेडेमीका अध्यक्ष न्यौपानेले बुझाएको ज्ञापन पत्र बुझेपछि नगर प्रमुख थापाले खेलकुद मानिसको जीवनका लागि अपरिहार्य बिषय भएकोले यसको संस्थागत बिकासका लागि आफूले पहल गर्ने बताउनु भयो । प्रमुख थापाले भन्नु भयो–नगर पालिकाको लागि खेलकुद सम्वन्धि उचित सल्लाह सुझावको रुपमा यो पत्र आएको हुदा यस विषयमा मेरो गभ्भीर ध्यानकर्षण भएको छ ।

एकेडमीका अध्यक्ष न्यौपानेले नगरको समग्र खेल क्षेत्रको बिकासका लागि खबरदारी हातेपालो गर्न चाएको बताउनु भयो । एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा बुझाएको पत्रमा नगर भित्र ओझेलमा रहेका राष्ट्रिय ,अन्तराष्ट्रिय लगायतका खेलाडीको सुचिकृत गर्नु पर्ने छ ।


यसै गरी नगर खेलकुद कमिटी,वडा स्तरका खेलकुद कमिटी गठन गर्नुृ पर्ने ,खेलका विभिन्न विधाका खेल प्रशिक्षण गर्नु पर्ने ,नगर स्तरको खेलकुद प्रतियोगिता गर्नु पर्ने ,एक वडामा एक खेल मैदानको ब्यवस्था गर्नु पर्ने ,खेल सामाग्री वितरण गर्नु पर्ने ,आगामी वर्ष खेलकुदको बजेट बृद्धि गर्नु पर्ने र बिधालय साथै कलेजमा अध्ययन गरी रहेका बिधार्थीलाई खेल छात्रवृत्तिको ब्यवस्था गर्नु पर्ने लगायतका माग पेश गरेको स्पोटर्स एकेडेमी दमक नगर कोषध्यक्ष जमुना निरौला अधिकारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय