महिला पीएम कप विजेताले पाँच लाख पाउने

Share :

काठमाडौं । इटहरीमा पुस अन्तिमबाट सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता विजेताले ५ लाख पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०र२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका प्लेयर अफ द म्याचुले ३ हजार प्राप्त गर्नेछन् ।


पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ ।

जनता क्रिकेट पार्कमा हुने यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरि खेलाईने छ ।

२ समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय