राप्रपा प्रदेश १ संसदीय दलको नेतामा भक्ति सिटौला

Share :

मोरङ । राप्रपा प्रदेश १ को संसदीय दलको नेतामा भक्ति प्रसाद सिटौला चयन हुनुभएको छ ।  निर्वाचित प्रदेश सदस्य सहित प्रदेश १ अध्यक्ष राम थापाको अध्यक्षतामा शुक्रवार बसेको बिशेष बैठकले सांसद सिटौलालाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।

झापा निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रत्यक्ष तर्फ निर्वाचित सिटौला राप्रपाका केन्द्रिय प्रवक्ता हुन्।

सांसद सिटौला सहित प्रदेश १ को प्रदेश सभा सदस्यमा राप्रपा तर्फबाट प्रत्यक्ष तर्फ सविना बजगाईं तथा समानुपातिक तर्फ अम्बर विष्ट, निमसरी राजवंशी, गोपाल विश्वकर्मा र प्रेमराज थाम्सुहाङ्ग निर्वाचित भएका छन्।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय