खुदुनाबारी रेडक्रसको सभापतिमा मुकुन्द भण्डारी निर्वाचित

Share :

खुदुनाबारी । नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाको सभापतिमा मुकुन्द भण्डारी निर्वाचित हुनुभएको छ । उपशाखाको नयाँ नेतृत्व चयनकालागि आज बिहीबार भएको निर्वाचनमा १०३ मत प्राप्त गर्दै भण्डारी विजयी हुनुभएको हो ।

खुदुनाबारी उपशाखामा जम्मा २१६ मतदाता रहेकोमा १ सय ९२ मत खसेको थियो । खसेको मध्ये २ मत बदर भएको निर्वाचन अधिकृत ओम प्रकाश गौतमले जानकारी दिनुभयो । सभापति पदकालागि भण्डारीका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हरि वाग्लेले ८७ मत प्राप्त गर्नुभयो ।

सभापतिमा निर्वाचित भण्डारी गत स्थानीय तहको निर्वाचनपछि नेकपा एमाले परित्याग गरि स्वतन्त्र हुनुहुन्थ्यो । निर्वाचनमा भण्डारीको स्वतन्त्र उम्मेदवारी रहेको थियो ।  सभापति लगायतका पदाधिकारी पदमा नेपाली काङ्ग्रेसले भने उम्मेदवारी दिएको थिएन ।


उपशाखाको कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरु भने यसअघि नै सर्वसम्मत चयन भएका थिए । उपसभापतिमा नेकपा एमालेकी सावित्रा बस्नेत सापकोटा चयन हुनुभएको छ । सचिवमा एमालेकै टन्क प्रसाद बराल, काेषाध्यक्षमा एमालेकै धनबहादुर तामाङ, उपसचिवमा एमालेकै टीका प्रसाद अधिकारी, उपकाेषाध्यक्षमा एमालेकै बिनिता आचार्य चयन हुनुभएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा नेकपा एमालेका सीता सिवा, खगेन्द्र पौडेल र महिला सदस्यमा बिनिता थापा चयन हुनुभएको छ भने नेपाली काङ्ग्रेसबाट कार्यसमिति सदस्यमा महेन्द्र आङदाङ्बे र चेतमणि निरौला चयन हुनुभएको छ ।

यस्तो छ निर्वाचन अधिकारीको कार्यलयले जारी गरेको निर्वाचन परिणाम :

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय