कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सकियो

Share :

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ। ​

संसदीय दलको नेता चयनका लागि बुधवार बिहान पौने ९ बजेबाट मतदान शुरु भएको मतदान केहीबेर अघि सकिएको निर्वाचन परिचालन समितिले जनाएका छन्। संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्।

कांग्रेस संसदीय दलमा ८९ जना मतदाता रहेका छन्। दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय