बिर्तामोड । झापाको चारआली जङ्गलमा दुई वटा शव फेला परेको छ । अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र उसै उमेर समूहो पुरुषको शव फेला परेको हो ।
महिलाको झुन्डिएको अवस्थामा र पुरुषको भुइँमा लडेको अवस्थामा शव फेला परेको बताईएको छ । शवको पहिचान खुलि सकेको छैन ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञान कुमार महतोको नेतृत्वको टोलीले शव बारे अनुसन्धान गरिरहेको छ ।