रेडक्रस खुदुनाबारीको नयाँ भवनको उद्घाटन

Share :

खुदुनाबारी । नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

उपशाखाको २७ औं बार्षीक साधारण सभाको अवसर पारेर साविक खुदुनाबारी गाउँ विकास समितिको ५ नम्बर वडा तथा हाल अर्जुनधारा नगरपालिकाको २ नम्बर वडामा निर्माण सम्पन्न भई संचालनमा आएको भवनको शनिबार औपचारिक उद्घाटन गरिएको हो ।

नवनिर्मित भवनको नेपाल रेडक्रस सोसाईटी झापा शाखाका सभापति लोकराज ढकालले उद्घाटन गर्नुभयो ।


उक्क्त भवन २६ लाख ६ हजार ९ सय ६३ रुपैयाँ लागतमा निर्माण समपन्न भएको उपशाखाका सचिव मुकुन्द भण्डारीले जानकारी दिनुभयो । भवन निर्माणका लागि प्रदेश सरकारको १० लाख रुपैयाँ, अर्जुनधारा नगरपालिकाको ८ लाख रुपैयाँ, अर्जुनधारा २ र ३ नम्बर वडाको एक, एक लाख रुपैयाँ रकम लगानी भएको सचिव भण्डारीले बताउनुभयो । त्यस बाहेक लगानी भएको रकम बिभिन्न संघसंस्था र दाताहरुबाट संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति भोलानाथ बराल र सचिव मुकुन्द भण्डारी रहेको कार्यसमितिको नेतृत्वमा भवनको निर्माण सम्पन्न भएको हो ।

खुदुनाबारी उपशाखाको नाममा २ कठ्ठा १७ धुर जग्गा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय