खुदुनाबारीमा संचालन आयो निःशुल्क न्यानो कपडा वितरण केन्द्र

Share :

खुदुनाबारी । झापाको खुदुनाबारीमा निःशुल्क न्यानो कपडा वितरण केन्द्र संचालनमा आएको छ । ‘हुनेले दिने, नहुनेले लिने’ भन्ने नाराका साथ स्थापना गरिएको केन्द्रको आज बिहिबार एक कार्यक्रमकाबिच अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराईले उद्घाटन गर्नुभयो । सामाजिक कार्यमा सक्रिय यूवाहरुको संस्था युथ अफ खुदुनावारीले अर्जुनधारा ३ स्थीत गरुवा चौकमा न्यानो कपडा वितरण केन्द्र संचालनमा ल्याएको हो ।

जाडोको समयमा कुनै पनि विपन्न नागरिकले कपडा अभाव झेल्नु नपरोस भन्ने उदेश्यकासाथ केन्द्रको स्थापना गरिएको युथ अफ खुदुनावारीका अध्यक्ष मनोज सिटौलाले जानकारी दिनुभयो । उहाँले ‘हुनेले दिने, नहुनेले लिने’ नारालाई आत्मसाथ गर्दै प्रयोग गर्न मिल्ने तर प्रयोगमा नआएका कपडा भए केन्द्रमा उपलब्ध गराएर सहयोग गरिदिन आग्रह समेत गर्नुभयो ।


केन्द्रमा पुरुष, महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि हुने जीन्स पेन्ट, ज्याकेट, स्वीटर, ट्राउजर, टिसर्ट, दौरा सुरुवाल, कुर्ता सुरुवाल, टोपी लगायतका कपडा रहेको संस्थाका सचिव आनन्ददेव कट्टेलले बताउनुभयो ।

संस्थाका अध्यक्ष सिटौलाको अध्यक्षतामा आयोजित केन्द्रको उद्घाटन कार्यक्रममा अर्जुनधारा ३ का जनप्रतिनिधिहरुसंगै शसस्त्र प्रहरी बल वेश क्याम्प खुदुनाबारीका इन्चार्ज नारायण गौतम, अस्थायी प्रहरी चौकी खुदुनाबारीका इन्चार्ज सुरेश नेपाल, जुकेखाडी सामुदायीक वन उपभोक्ता समितिका उपाध्यक्ष दिपक दुलाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष मदनकुमार गिरीले गर्नुभएको थियो ।

केन्द्रबाट बिहिबार पहिलो दिन नै ३० जना भन्दा बढीले कपडा लगेको अध्यक्ष मनोज सिटौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
2
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय