कार्कीले दिए भुटियालाई हात्ती उपहार

कोलकाता । भारतका पुर्व राष्ट्रिय फुटबल टिमका क्याप्टेन भाइचुङ भुटियालाई पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सवको अवसरमा नेपाली टोलीको तर्फबाट अर्जुनकुमार कार्कीले हात्तीको तस्बिर अंकित उपहार प्रदान गरे ।

शुक्रबारदेखि कोलकाताको साँल्ट लेक सिटिसेन्टरमा सुरू भएको महोत्सवको अन्तिम दिन आज महोत्सव स्थलमा भुटियालाई उपहार प्रदान गरिएको हो ।


एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक समेत रहेका कार्कीले हात्तीबाट प्रभावित क्षेत्रमा हात्ती प्रकोप जनचेतनाका लागि भुटियालाई दुतको रूपमा कार्य गरिदिन अनुरोध गरे ।


भुटियाले उपहार ग्रहण गर्दै परिवासहित नेपाल भ्रमण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
\

लोकप्रिय

लोकप्रिय