कोलकातामा जारी सुन्तला महोत्सव : आज दोस्रो दिन

Share :

कोलकाता,भारत । भारतको कोलकाता(कलकत्ता)मा जारी पाचौं हिमालय सुन्तला पर्यटन महोत्सव आज शनिबार पनि भव्यताकासाथ संचालन भएको छ । तीन दिनसम्म चल्ने फेस्टिबलमा नेपाल, भारत, भुटान र बंगलादेशका सुन्तलासंगै, एभोकाडो, किवि, चिया, डल्ले खोर्सानी, घ्यु लगायतका हिमाल तथा पहाडी भेगका ग्रामीण कृषि उत्पादनकाे प्रदर्शनी तथा बिक्री भइरहेको छ ।

भोलि आइतबारसम्म संचालन हुने महोत्सवलाई १ लाख जना भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक राज वासुले बताउनुभयो । ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यसहित आयोजित महोत्सवमा २ हजार ८ सय भन्दा बढी होमस्टेको प्रस्तुति, १७ सय भन्दा बढी ग्रामीण उत्पादनको प्रदर्शन र १५ सयभन्दा बढी सस्कृतीहरु प्रदर्सन हुने उहाँले जानकारी दिनुभयो ।


महोत्सवका नेपाल संयोजक अर्जुन कार्कीले `पाँचौँ हिमालयन ओरेन्ट टुरिजम फेस्टिबल´ नामले सन्चालन भइरहेको महोत्सवको मुख्य लक्ष्य गाउँलाई व्यवसायिक रुपमा शहरसंग जोड्ने भएको बताउनु भएको छ ।

महोत्सवमा विभिन्न देशका कलाकारहरुद्वार सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेको छ । कोलकाता स्थिति सिटि सेन्टर वानमा शुक्रबारबाट सुरु भएको महोत्सवको उद्घाटन नेपालकालागी कोलकातामा रहनुभएका महावाणिज्यदुत ईस्वरराज पोखरेलले गर्नुभयो । महोत्सव उद्घाटनमा भारतीय सरकारी अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय