कोलकातामा जारी सुन्तला महोत्सवको दोस्रो दिन

Share :

कोलकाता, भारत । भारतको कोलकाता(कलकत्ता)मा पाचौं हिमालय सुन्तला पर्यटन महोत्सव भइरहेको छ । कोलकाता स्थिति सिटि सेन्टर वानमा शुक्रबारबाट सुरु भएको महोत्सवको उद्घाटन नेपालका लागी कोलकातामा रहनुभएका महावाणिज्यदुत ईस्वरराज पोखरेलले गर्नुभयो । महोत्सव उद्घाटनमा भारतीय सरकारी अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

तीन दिनसम्म चल्ने फेस्टिबलमा नेपाल, भारत, भुटान र बंगलादेशका सुन्तला लगायत हिमाल भेगका ग्रामीण कृषि उत्पादनकाे प्रदर्शनी तथा बिक्री हुने महोत्सवका नेपाल संयोजक अर्जुन कार्कीले जानकारी दिनुभयो ।

महोत्सवलाई ३ दिनमा १ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव मुल आयोजक समितिका सदस्य राज वासुले बताउनुभयो । ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यसहित आयोजित महोत्सवमा २ हजार ८ सय भन्दा बढी होमस्टेको प्रस्तुति, १७ सय भन्दा बढी ग्रामीण उत्पादनको प्रदर्शन र १५ सयभन्दा बढी सस्कृतीहरु प्रदर्सन हुने उहाँले जानकारी दिनुभयो ।


`पाँचौँ हिमालयन ओरेन्ट टुरिजम फेस्टिबल´ नामले सन्चालन भइरहेको महोत्सवको मुख्य लक्ष्य गाउँलाई व्यवसायिक रुपमा शहरसंग जोड्ने अभियान भएको बताइएको छ ।महोत्सवमा विभिन्न देशका कलाकारहरुद्वार सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय