अर्जुनधारामा उधौली पर्व भव्य रुपमा मनाइने

Share :

खुदुनाबारी । झापाको अर्जुनधारामा भव्यताकासाथ चासोक तङनाम (उधौली पर्व) मनाईने भएको छ । अर्जुनधारा नगरपालिका स्तरीय चासोको तङनाम व्यवस्थापन समितिले आज बिहीबार खुदुनाबारी स्थित अर्जुनधारा ३ नम्बर वडा कार्यलयको सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै यो बर्षको उधौली पर्वलाई भव्य उत्सवको रुपमा मनाउने जानकारी गराएको हो ।

अर्जुनधाराको १ नम्बर वडामा रहेको मदनपुर खेल मैदानमा मङ्सिर २१ र २२ गते हुने उधौली पर्व विशेष कार्यक्रममा किराँतहरुको मौलिक उधौली पुजा, किरात संस्कृती झल्काउने झाकी प्रदर्शन, राई लिम्बू जातीको मौलिक खानाको परिकारहरुको स्टल, पोसाक तथा गहनाहरुको स्टल रहने चासोक तङनाम व्यवस्थापन समितिका अध्यक्ष राजेश जवेगुले जानकारी दिनुभयो ।

त्यस्तै पर्वको अवसरमा आयोजित कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलहरु समेत खेलाईने व्यवस्थापन समितिका सचीव खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिने उहाँले बताउनुभयो ।


दुई दिनसम्म संचालन हुने उधौली पर्व विशेष उत्सव कार्यक्रम सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च हुने आयोजक तथा व्यवस्थापन समितिकी काेषाध्यक्ष शर्मिला सुब्बाले जानकारी दिनुभयो । उत्सव संचालनका लागि अर्जुनधारा नगरपालिका र विभिन्न दाताहरुबाट सहयोगको अपेक्षा गरिएको समितिले बताएको छ । कार्यक्रम संचालनबाट बचेको रकम श्रस्ठा सम्मान र पर्वको दिगो व्यवस्थापनका निमित्त स्थापना हुने अक्षयकोषमा जम्मा गर्ने लक्ष रहेको समितिले बताएको छ ।

अर्जुनधारा नगरपालिकाको ११ वटै वडाको राई, लिम्बु तथा किराँत समुदायको सहभागिता रहने उधौली पर्व विशेष कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन राजेश जवेगुको अध्यक्षतामा ५१ सदस्यीय व्यवस्थापन समिति निर्माण गरिएको छ । विभिन्न ५ वटा उपसमिति समेत गठन भएको छ ।

बिजेन्द्र कुमार एक्तेनको अध्यक्षतामा अतिथि स्वागत समिति, महेन्द्र आङदेम्बेको अध्यक्षतामा खेलकुद सन्चालन समिति, गर्जमान सुब्बाको अध्यक्षतामा स्वयंसेवक परिचालन समिति, मोहन सुब्बाको अध्यक्षता मंच व्यवस्थापन समिति र खाद्य व्यवस्थापन समिति निर्माण गरिएको छ ।

कार्यक्रममा किराँतहरुको मौलिक खानाको परिकार, भेष-भुषा र गहनासहितको १० वटा स्टल रहने बताईएको छ ।

यो बर्ष कार्यक्रम स्थलमा १५ फिट आग्लो सिलाङसाक्मा समेत निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
7
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय