सम्योग सम्बृद्धी बहुउद्धेश्यीय सहकारीको ९ औं बार्षीक साधारणसभा सम्पन्न

Share :

भद्रपुर । सम्योग सम्बृद्धी बहुउद्धेश्यीय सहकारी संस्थाको ९ औं बार्षीक साधारणसभा सम्पन्न भएको छ । झापाको चन्द्रगढीमा मुख्य कार्यलय रहेको सहकारीले आज बुधबार ९ औं बार्षीक साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभामा संचालक समितिको तर्फबाट सहकारीका अध्यक्ष विनोद चौहानले संस्थाको बार्षीक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा हाल संस्थाको शेयर पूँजी १ करोड ५५ लाख २९ हजार ६ सय रहेको उल्लेख गरिएको छ । ९ बर्ष अघि ३३ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल २ हजार ४ सय ६० जना शेयर सदस्य रहेको उल्लेख गरिएको छ ।


कार्यक्रममा बिभिन्न ५ जनालाई सम्मान गरिएको थियो । सहकारीले ९ औं बार्षीक साधारणसभाको अवसरमा उत्कृष्ठ कर्मचारीको रुपमा हिरा कुमारी कार्की, उत्कृष्ठ बजार प्रतिनिधि लक्ष्मी बुढाक्षेत्री, उत्कृष्ठ व्यवस्थापक खगेन्द्र बानियाँ, उत्कृष्ठ जेष्ठ बचतकर्ता अमृत बहादुर बोहोरा र असल ऋणीको रुपमा द्रोणचार्य न्यौपानेलाई सम्मान गरेको हो ।

युवा समाजसेवी उपेन्द्र बाँनियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मेघनाथ निरौला, साहित्यकार खगिन्द्रा खुसी, धिरेन्द्र कुमार यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय