झापा २ प्रदेशसभा (२)मा एमालेका पाठक विजयी

Share :

अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् ।

नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका मैनालीले ३ हजार ८४० मत कम पाएका हुन् । यसअघि झापा २(१)बाट नेकपा एमालेका एकराज कार्कीले पनि १२ हजार ६३० मतको अन्तरले सत्ता गठबन्धनका उम्मेदवार पुष्प पोखरेललाई पराजित गरिसकेको छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय