झापाको ५ वटै निर्वाचन क्षेत्रको यी स्थानमा हुँदैछ मतगणना

Share :

विर्तामोड । झापामा मतपेटिका संकलनको काम भैरहेको छ । तर मतगणना कहिलेदेखि सुरू गर्ने भन्ने विषयमा टुंगो लागेको छैन। मतगणना स्थलमा मतपेटिका आइपुग्ने क्रम जारी रहेकाले मत गणनाको टुंगो नलागेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले बताए।

निर्वाचन आयोगले आइतबार रातिबाटै मतगणना सुरू गर्न निर्देशन दिएको भए पनि गणनाको समय निर्धारण गरिएको छैन । सबै निर्वाचन क्षेत्रको मतपेटिका संकलन भइसकेपछि एकसाथ गणना सुरू हुन सक्ने  निर्वाचन कार्यलयले जानकारी दिएको छ।

झापाको ५ वटा निर्वाचन क्षेत्रको पाँच वटै अलगअलग ठाउँमा मतगणना हुने छ। झापा निर्वाचन क्षेत्र १ को मतपेटिका मेची नगरपालिकामा मत गणना हुने छ ।<span;> दुईको अर्जुनधारा नगरपालिकाको कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयबाट मत गणना हुनेछ। त्यस्तै झापा निर्वाचन क्षेत्र नम्बर ३ को चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा गणना हुनेछ भने झापा ४ को कनकाई नगरपालिकाको कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयबाट गणना हुने छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ को दमक नगरपालिकाको कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयबाट गणना हुने निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले बताए।


मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। मतपत्रको गणना गर्ने कर्मचारी, सिसी टिभी क्यामरा, गणनास्थलको सुरक्षाका लागि तारजाली, यथेष्ट सुरक्षाकर्मी, वैकल्पिक ऊर्जा लगायतको आधारभूत आवश्यकताको सम्पूर्ण तयारी पूरा भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय