झापा १ मा लोकतान्त्रिक बाम गठबन्धनको शक्ति प्रदर्शन

Share :

धुलाबारी । चुनावी प्रचारको अन्तिम दिन आज लोकतान्त्रिक बाम गठबन्धन दलहरुले धुलाबारीमा शक्ति प्रदर्शन गरेका छन् । झापा क्षेत्र नम्बर १ अन्तर्गत वडा नम्बर ९, १० र १५ केन्द्रित कोणसभामा सयौँ गठबन्धनका समर्थकहरु सहभागी भएका हुन् । सभामा संघका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेशसभा (१) का उम्मेदवार गोपाल तामाङ, प्रदेशसभा (२) का उम्मेदवार श्यामविर लिम्बबुले सम्बोधन गरेका थिए ।

चर्चित राष्ट्रिय कलाकारको उपस्थितिमा सम्पन्न कोण सभालाई मनोरञ्जनात्मक ढंगले सञ्चालन गरिएको थियो । गायक शम्भू राई, राजेशपायल राई, यशकुमार, रचना रिमाल, राजेश घतानी, चलचित्र निर्देशक हेमन्त बुढाथोकीलगायतले आफ्नो प्रस्तुति दिएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै संघका साझा उम्मेदवार विश्वप्रकाश शर्माले जनताको उत्साह र जाँगरले गठबन्धन दलहरुमा थप हौसला मिलेको बताए । हौसला र समर्थनले मंसिर ४ गते परिणाम आउनेमा ढुक्क रहेको बताए । शर्माले यो क्षेत्रसहित समग्र देशको विकास गर्न गठबन्धन दलहरु तयार रहेकाले कुन अलमल र भ्रममा नपरी मतदान गर्न अपिल गरे ।


प्रदेशसभा (१) का उम्मेदवार गोपाल तामाङले जनताको अभिमतलाई जहिलै कदर र सम्मान गर्ने बताए । उनले राजनीतिलाई कमाइ खाने भाँडो नबनाउने र जनताकै दुःख सुखमा साथ र सहयोग गरिरहने वचन दिए । कार्यक्रममा प्रदेशसभा (२) का उम्मेदवार श्यामविर लिम्बूले गठबन्धनको जित जनताको जित भएको बताए । उनले प्रदेश चाहिँदैन भन्ने पार्टीले उम्मेदवारी दिनु ठीक या बेठीक छुट्याउन मतदातालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय