राष्ट्रियताको पक्षमा एमालेलाई मतदान गर्नुहोस्  : चिन्तन पाठक

Share :

अर्जुनधारा । झापा निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ अन्तर्गत प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार चिन्तन पाठकले राष्ट्रियताको पक्षमा रहेका हरेक नेपालीले एमालेलाई मत हाल्नुपर्ने बताउनु भएको छ ।

चुनाव प्रचार तथा घरदैलोको क्रममा आज अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडाका मतदाताहरुलाई सम्बोधन गर्दै एमाले प्रदेश कमिटी सचीव समेत रहनु भएका नेता पाठले मुलुकको हरेक क्षेत्रको विकासका लागि जनताले एमालेलाई मतदान गर्नुपर्ने  बताउनु भयो ।


उहाँले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्नको लागि अब एमाले सरकारको विकल्प नरहेको धारणा राख्नुभयो । पार्टीको घोषण पत्रमा उल्लेखित कार्यक्रम अन्तर्गत बर्षको ५ लाख जनालाई रोजगारीको व्यवस्था एमालेले गर्ने उहाँले बताउनु भयो । पार्टीले प्रतिबद्धता स्वरुप अघि सारेको २० ग्यारेन्टी पूरा गर्न, ५० युनिट सम्म नि:शुल्क विद्युत खपत, पिउने पानी १० हजार लिटरसम्म नि:शुल्क उपभोग लगायतका जनता मुखी सुबिधा उपभोग गर्न पनि जनतालाई एमाले सरकारको नेतृत्व आवस्यक रहेको पाठकले जिकिर गर्नुभयो ।


५ बर्ष भित्रमा १ सय खरबको बजेट बनाएर मुलुक बनाउने लक्ष्य एमाले बाहेक अरुले आट समेत गर्न नसक्ने उहाँले तर्क गर्नुभयो । गठबन्धन सरकारले आफ्नो पहिलो काम सुकुम्बासी आयोग बिगठन गरेको भन्दै त्यसलाई जनताले भुल्न नसकेको र त्यसको जवाफ जनमतले दिने धारण राख्नुभयो ।

पाठकले आफू सधैं जनताको पक्षमा लडिरहने बताउदै आफुले जनमतको विश्वास घात नगर्ने प्रतिबद्धता जनाउनु भयो । झापा निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ का उम्मेदवार एमाले नेता पाठक झापाको विकास र जनताको काममा लामो समयदेखि समर्पित रहदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय