झापा २ मा कांग्रेसले पनि एमालेलाई मत हाल्नुपर्छ : देवराज घिमिरे

Share :

अर्जुनधारा । झापा निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभाकालागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले एमालेलाई मत दिनुपर्ने बताउनु भएको छ । आज अर्जुनधारा नगरपालिकाको ५ नम्बर वडामा चुनाव प्रचारका क्रममा मतदाताहरुलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताउनु भएको हो ।

उहाँले विपि कोइरालाको सपना साकार पर्न र समृद्ध मुलुक बनाउन काङ्ग्रेस लगायत सबैले एमालेलाई मत हाल्नुपर्ने जिकिर गर्नुभयो । उहाँले झापा २ मा आफ्नो पार्टीको उम्मेदवार नै उठाउन नसकेको भन्दै काङ्ग्रेस नेतृत्वको आलोचना गर्नु भयो ।

काङ्ग्रेसले अवसरवादी सावित भएकाहरुलाई मत हाल्न लगाउदा मतदाताको अपमान हुने भन्दै घिमिरेले एमाले बाहेकका दलका उम्मेदवारलाई मत हाल्नु मुलुकको हित बिपरित हुने तर्क गर्नुभयो । घिमिरेले झापा २ मा लोकतन्त्र र प्रजातन्त्र चाहाने काङ्ग्रेस जनले एमालेलाई सहयोग गर्नुको विकल्प नभएको धारणा राख्नु भयो ।


मुलुकलाई समृद्ध बनाउन एमालेले सधै अग्रणी भुमिका खेलिरहेका भन्दै नेता घिमिरेले पुनः मुलुक सन्चालनको नेतृत्व एमालेलेनै गर्ने बताउनुभयो । उहाँले आफू समृद्ध रास्ट्र निर्माणका लागि सधैं लागि पर्ने बताउनु भयो ।

झापा २ मा एमाले परित्याग गरेका हरि कुमार रानालाई गठबन्धनले उम्मेदवार बनाएको छ । रानाले पटकपटक अवसर पाउदा समेत जनमतलाई धोका दिएर धोका र अवसरको राजनीति गरिरहेको भन्दै घिमिरेले अब मतदाता सजक बन्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय