चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ

Share :

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) काे नेतृत्वमा पुन: चिनियाँ राष्ट्रपति सी जिनपिङ चयन भएका छन्।

सीपीसीको २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको हाे । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् ।

गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो ।


यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय